ब्रेकिङ स्टोरी

दाङमा गोली चल्यो, ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु

By खबरहब

February 15, 2024

काठमाडौं । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ ।  गोली प्रहारबाट डिउटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली प्रहारबाट मृत्यु भएको हो ।

धनमायालाई नेपालगञ्जमा कार्यरत प्रहरी यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी भएको बताइएको छ ।

झाँक्रीलाई भाग्दै गरेको अवस्थामा लमही अर्जुनखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।