अन्तर्राष्ट्रिय

मोदीले यूएईमा गरे हिन्दू मन्दिरको उद्घाटन

By खबरहब

February 15, 2024

दुबई- मध्यपूर्वमा सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् ।

मोदीको दुई दिने भ्रमणका क्रममा मध्यपूर्वकै सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन पनि गरेका छन् । प्रधानमन्त्री मोदीले अबुधाबीमा रहेको बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था बिएपिएस मन्दिरको उद्घाटन गरेका हुन् ।

यो मन्दिर करिब २७ एकड जमिनमा ७ सय करोड भारुको लागतमा निर्माण गरिएको हो । भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा दुई नेताहरुबीच भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोरमा ‘अन्तरसरकारी ढाँचा सम्झौता’ मा पनि हस्ताक्षर भएको छ ।