समाचार

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

By खबरहब

March 15, 2024

सिन्धुली– सिन्धुलीको सुनकोसी गाउँपालिका-१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । 

शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ ।

 घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि  विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ ।