जीवनशैली

घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ?

By खबरहब

March 15, 2024

काठमाडौं– नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा केही खाली पानीका भाँडा देखियो भने अशुभ हुने मान्यता छ ।

कोही मान्छेले आफू हिँड्ने बेलामा खाली भाँडा  निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुंग हुन्छन् । आजको दिन शुभ हुने भयो दिन कति राम्रो रहेछ भनेर पनि प्रशंसा गर्ने गर्छन् ।  

खाली भाँडो र फोहोर देख्नु आखिर के को संकेत हो त ?

यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ ।

यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झदै शिव-शिव जप गर्नु पर्दछ भन्ने मान्यता छ । 

साथै कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ संकेत भएमा केही बेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।