समाचार

वित्तीय संस्थाले ऋणीको उठीवास गराए : सांसद नेपाली

By खबरहब

March 15, 2024

काठमाडौं– राप्रपाकी सांसद अनिशा नेपालीले बैंक तथा वित्तीय संस्थाले ऋणीको उठीवास गराएको आरोप लगाएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले बैंक तथा वित्तीय संस्थाले जथाभाबी लगानी गरेर ऋणीको उठीवास गराएको आरोप लगाएकी हुन् ।

बैंकहरूले ऋणीलाई दुःख दिएको भन्दै उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले जथाभाबी रूपमा लगानी गरेर ऋणीलाई उठीवास लगाएको सर्वजीवितै छ । साँवा र ब्याज फिर्ता पाऊँ भनी यसको विरुद्ध पीडितहरूले आन्दोलन पनि गरिरहेका छन् ।  एकातिर कुनै व्यक्तिले नक्कली तमसुक गरी ऋण दिएमा १० प्रतिशत ब्याज असुल गर्न पाउने भन्ने कानुनी व्यवस्था छ, तर अर्कोतर्फ सबै बैंकले ऋण लगानी गरेबापत चर्को ब्याज असुल मात्र गरेका छैनन्, सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभाबी ब्याजमाथि ब्याज लगाउने अपराधी काम गरिरहेका छन् ।’