राजनीति

सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

By खबरहब

March 15, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सुनकाे अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।