स्टोरी

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?’

By खबरहब

March 15, 2024

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा अवस्थित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको निवास । तस्बिर स्रोत : नयाँपत्रिका ।

अहिले बजारमा पुन र सुनको चर्चा छ । अर्थ मन्त्रालय सम्हाल्नुभएका वर्षमान पुन आज सुनसँग जोडिनुभएको छ । सुनका आरोपितहरु कारागारमा बसिरहेका छन् । उहाँ (वर्षमान) ले सुन तस्करहरुसँग १९ पटक टेलिफोन बार्ता गरेको अखबारहरुमा आइरहेको छ । उहाँले वार्ता गरेको कल डिटेल हैन, भ्वाइस डिटेल हाउस (संसद) मा उपलब्ध हुनुपर्‍यो ।

अर्का पुन हुनुहुन्छ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन । उहाँ मेरो घरको उत्तरपट्टि (चन्द्रागिरि नगरपालिका दहचोक, काठमाडौं) को छिमेकी पनि हुनुहुन्छ । त्यहाँ उहाँको आलिशान महल छ ।

उहाँ १० वर्षअघि कपनको कुनै ठाउँमा डेरामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिशान दरबारमा उहाँ राज होइबक्सेको छ, त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसको स्रोत के हो ? कसरी यो घर प्राप्त भयो ?

१० वर्षअगाडि एउटा सामान्य जीवन यापन गर्ने मान्छे, उहाँले कसरी त्यत्रो घर बनाउनुभयो ? १० वर्षमा उहाँले कति तलब लिनुभो ? कति भत्ता लिनुभो ?

उपराष्ट्रपतिजस्तो पदमा बसेको मान्छे भएको हुनाले यसबारे उहाँले राज्यलाई जानकारी गराउनुपर्छ । त्यसैले पुन र सुनका बारेमा प्रष्ट गरिदिनुहुन अनुरोध गर्न चाहन्छु ।

सांसद राजेन्द्रकुमार केसी/ प्रतिनिधिसभामा बाेल्दै

सरकारीको पैसाले ४६ लाखको गाडी !

विद्यमान मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्रालयमा रवि लामिछानेज्यूले गृहमन्त्री सम्हाल्नुभएको छ । आज सडकमा सहकारी पीडितहरु छरपष्ट भएका छन् । उहाँ स्वर्णलक्ष्मी सहकारीमा उहाँ एमडी हुनुहुन्थ्यो । उहाँ एउटा पेशामा हुनुहुन्थ्यो । सहकारी पेसामा हुँदाखेरि उहाँले एउटा गाडी लिनुभएको रहेछ । १४.६५ को घट्दो ब्याजदरमा उहाँले त्यो सहकारीबाट एउटा गाडी लिनुभएको रहेछ, ऋणबाट ।

सहकारी भनेको यस्तो संस्था हो, जुन संस्थामा सदस्यहरुले मात्रै ऋण लिन पाउँछन् । सदस्य–सदस्यवीचको ऋण लिने संस्था हो सहकारी । गरीब, निमुखा मजदुरहरुको साना साना पुँजीहरु संकलन गरेर सहकारी निर्माण गरिएको हुन्छ । त्यो सहकारीका सदस्यको जीवनस्तर उठाउने, रोजगारी सिर्जना गर्ने, यी कामका लागि सहकारी बनेको हुन्छ । उहाँले त्यही सहकारीबाट ४६ लाख रुपैयाँ ऋण लिएर गाडी खरीद गर्नुभएको रहेछ, यो घोर आपत्तिजनक कुरा छ ।

उहाँले सरकारीको सदस्य नभएको नाताले कुनै हालतमा पनि त्यो ऋण लिन मिल्दैन । अब उहाँले सहकारी पीडितहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ? उहाँ गृहमन्त्रीका रुपमा रहनुभएको छ, यसमा गम्भीर आशंका छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने

त्यसकारण रविजी, तपाईले सहकारी पीडितहरुलाई सम्वोधन गर्नका लागि तपाई पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । यो संसारको सर्वमान्य नियम हो ।

त्यसकारण म गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, तपाईले कमसेकम अनुसन्धान नहुञ्जेलसम्म तपाईले सहकारीबाट कति ऋण लिनुभो, तपाई एमडी हुँदा कति खानुभो, त्यतातिर म गइनँ, तर तपाई यसको अनुसन्धान नहुञ्जेलसम्म तपाई विश्राम गरेर बस्नुहोला । तपाई ठीक भएको अवस्थामा आउनुहोला ।

अहिले कुनै पनि हालतमा हामी तपाईलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौं ।

(कांग्रेस सांसद केसीले शुक्रबार प्रतिनिधिसभामा राखेकाे विचार)

यो पनि-  ‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?’

माओवादीका नेता सुनले पहेँलपुर भइसके : सांसद सेजुवाल