सांकेतिक तस्बिर

देश/प्रदेश

विराटनगरमा एक स्टाफ नर्सको हत्या 

By खबरहब

March 15, 2024

मोरङ– मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो ।

यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।