समाचार

कांग्रेसले घेराऊ गर्दा रवि लामिछानेले विधेयक पेश गर्न पाएनन्

By खबरहब

March 15, 2024

काठमाडौं-  प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी र घेराऊ गरेका छन् । कांग्रेसको विरोधका कारण मन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्न पाएनन् ।

सभामुख देवराज घिमिरेले लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक टेबल गर्न निर्देशन दिएका थिए । तर, कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजीमा उत्रिए ।

मन्त्री लामिछाने पोडियममा जानका लागि उठिसकेका थिए, तर बाटो छेकिएपछि मुसुमुसु हाँस्दै उभिइरहे ।

कांग्रेसको अवरोध लगत्तै सभामुखले कार्यसूचीमा रहेका एजेण्डाहरु हटाइएको घोषणासहित आइतबार ११ बजेसम्मका लागि संसदको बैठक स्थगित गरे ।

शुक्रबारको बैठकको सुरुमा पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद प्रदीप पौडेललाई बोल्न दिएका थिए । पौडेलले सहकारी ठगीको आरोप लागेको कारण जनाउँदै गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखे । यसबारे प्रधानमन्त्रीले संसदलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने पनि पौडेलले बताए । त्यसपछि विभिन्न सांसदहरुले बोल्ने सिलसिला चल्यो ।

यो पनि- 

‘गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसिरहनुभएको छ ?’

माओवादीका नेता सुनले पहेँलपुर भइसके : सांसद सेजुवाल

‘पूर्वउपराष्ट्रपति राज होइबक्सेको दरबारको स्रोत के हो ?’