काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएकाे हाे ।
गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बराबरको बिगो र ५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।
गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो अवैध सुन तरिकाले ओसारेको पत्ता लागेको हाे ।
सोही प्रकरणमा गुरुङको संलग्नता रहेकाे खुलेपछि प्रहरीले उनलाई फागुन १४ गते पक्राउ गरेको थियो ।