राजनीति

माओवादीले पार्टी विधानलाई पूर्णता दिने

By खबरहब

March 15, 2024

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो ।

बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरेको उनले जानकारी दिए ।