फाइल फोटो

उपभोक्ता

पेट्रोल र डिजेलको मूल्य घट्यो

By खबरहब

March 15, 2024

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।