आर्थिक

अर्थमन्त्रीले मागे बहुवर्षीय स्रोत सहमतिको विवरण, विकासे मन्त्रालयका सचिवलाई ताकेता

By खबरहब

September 15, 2024

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासे विषयगत मन्त्रालयका सचिवहरूसँग बहुवर्षीय स्रोत सहमतिको विवरण माग गरेका छन् ।

आज (आइतबार) अर्थ मन्त्रालयमै डाकेर अर्थमन्त्री पौडेलले सचिवहरूलाई विवरण उपलब्ध गराउन ताकेता गरेका हुन् । बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन भनिएको मन्त्री पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

स्रोत सुनिश्चत भएका र नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण पनि माग गरिएको छ अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने मन्त्री पौडेलले बताएका छन्‌ ।