खेलकुद

पाँच खेल बाँकी छँदै बायर लिभरकुजेनलाई उपाधि

By खबरहब

April 15, 2024

काठमाडौँ– यस सिजनको जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बायर लिभरकुजेनले जितेको छ ।

गएराती भएको खेलमा वेरडेरलाई ५–० गोल अन्तरले हराउँदै ५ खेल बाँकी छँदै लिभरकुजेनले उपाधि जितेको हो ।

२९ खेल खेलेको लिभरकुजेनले २५ जित र ४ बराबरी गर्दै ७९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ । अब बाँकी सबै खेल हार्दा पनि लिभरकुजेनलाई अन्य टोलिले जित्न सक्ने छैनन् ।

यसअघि पाँच पटक उपविजेता बनेपनि लिभरकुजेनले बुण्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी बायर्न म्युनिखले ३२ पटक जितेको छ ।