समाचार

एमाले संसदीय दलको बैठक बस्दै

By खबरहब

April 15, 2024

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ ।

बैठकमा संसदीय गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदका काम कारबाहीको समीक्षा, कोशी र सुदूरपश्चिम प्रदेश सरकार, अबको रणनीति, संसदका समितिमा रहेका विचाराधीन विधेयकहरू लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।।