समाचार

विश्वद्वीपले छाडे नेसपा, माओवादीमै फर्किए

By खबरहब

April 15, 2024

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् ।

पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।

माओवादीमा फर्किनु अघि उनले सामाजिक सञ्जालमार्फत नेसपा छाडेको उल्लेख गरेका थिए । उनले लेखेका छन्– ‘आजको मितिदेखि लागु हुनेगरि मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु ।’