समाचार

अछाममा आगलागीबाट दुई बालबालिकाको मृत्यु

By खबरहब

April 15, 2024

अछाम– अछामको मेल्लेख गाउँपालिका–६ को षोडशामा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दीपक बोहराकी छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराका छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार खरले छाएको कच्ची घरमा आज बिहान आगो लागेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।