समाचार

कोशी प्रदेशसभाको सचिवमा पुन: पराजुली नियुक्त

By खबरहब

April 15, 2024

विराटनगर- कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुन: नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् ।

कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् ।

पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । उनलाई बैशाख ९ गतेदेखि लागू हुने गरि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।