फाइल तस्वीर

समाचार

कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

By खबरहब

April 15, 2024

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको कार्यभारको जिम्मेवारी श्रेष्ठलाई दिएका हुन् । 

अर्थमन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव भुपालराज शाक्य छन् । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कनेछन् ।