समाचार

सेती नदीको खोँचबाट निकालियो युवकको शव

By खबरहब

April 15, 2024

पोखरा– यही बैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् ।  

सेती नदीको १५० मिटर गहिराइमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ करुवा बस्ने २५ वर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।