समाचार

बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु

By खबरहब

May 15, 2024

दाङ– बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । बबईमा पौडी खेल्ने क्रममा मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दुई दाजुभाइको मृत्यु भएको हो ।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारतमा बस्ने गरेका थिए ।