समाचार

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

By खबरहब

May 15, 2024

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज राति त्यसतर्फ प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एक सय ५० जनालाई हज यात्राका लागि बिदाइ गरेकाे उनको सचिवालयले जनाएको छ ।

हिजरी संवत् १४४५ को हजका पहिलो चरणमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना अरब प्रस्थान गर्दै छन् । यस वर्ष जम्मा ७६४ जना हजयात्री अरब जाने गृहमन्त्रालयले जनाएको छ । उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन् ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ ।