अन्तर्राष्ट्रिय

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

By खबरहब

May 15, 2024

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब ३० करोड अमेरिकी डलरको व्यापारिक सामान निर्यात र आयात गरेको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरण (एनएसआईए)ले बुधबार बताएको छ ।

उक्त अवधिमा अफगानिस्तानले करिब एक अर्ब ७८ करोड डलरको सामान निर्यात गरेको र आठ अर्ब ५८ करोड डलरको सामान आयात गरेको एनएसआईएका प्रवक्ता मोहम्मद हलिम रफीले जानकारी दिए।

प्रमुख निर्यातमा फलफूल, जडिबुटी, औषधि, खनिज र तरकारी रहेको र मुख्य आयातमा पेट्रोलियम पदार्थ, तेल, मेसिनरी, सवारी साधन, उपकरण, धातु तथा धातुजन्य वस्तु रहेको उनले बताए ।

अफगानिस्तानबाट निर्यात हुने वस्तुको प्रमुख बजारमा पाकिस्तान, भारत, संयुक्त अरब इमिरेट्स (युएई), चीन र इरान रहेका छन् भने आयातको प्रमुख स्रोतमा इरान, पाकिस्तान, चीन र युएई छन् ।