खेलकुद

नेपाललाई पाँचौ सफलता : दीपेन्द्रले लिए व्यक्तिगत तेस्रो विकेट

By खबरहब

June 15, 2024

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । १७.३ ओभरमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।

दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदै नेपाललाई पाँचौ सफलता दिएका हुन् । दक्षिण अफ्रिकाले पाँचौ विकेटको रुपमा डेबिड मिलरलाई गुमाएको छ । उनले १० बल खेल्दै ७ रन जोडेका थिए । दीपेन्द्रको बलमा मिलरलाई सन्दीप लामिछानेले क्याट आउट गरेका हुन् ।