खेलकुद

युरोकप : जर्मनीको सानदार सुरुवात

By खबरहब

June 15, 2024

काठमाडौं– युरो कप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको फुटबल एरिना म्युनिखमा भएको खेलमा स्कटल्याण्डलाई ५–१ गोलले हराउँदै आयोजक जर्मनीले विजयी सुरुवात गरेको हो ।

जर्मनीको जितमा फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले एक–एक गोल गरेका थिए । स्कटल्यान्डलाई भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । जर्मनीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए ।

खेलको १०औँ मिनेटमा जर्मनीका फ्लोरियनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यो जितसँगै समूह ‘ए’ को जर्मनीले ३ अंक जोडेको छ । जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछन् ।

आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।