समाचार

प्रधानमन्त्री दाहाल नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै

By खबरहब

June 15, 2024

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सँगै बसेर हेरिरहेका छन् ।

प्रधानमन्त्री दाहाल र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै बसेर खेल हेरिरहेका हुन् ।

टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै नेपाल सामू १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिएका छन् । नेपाल अहिले ब्याटिङ गरिरहेको छ ।