समाचार

अनधिकृत हिसाबका सम्झौता भए रास्वपा सरकारबाट बाहिर आउँछ : मन्त्री श्रेष्ठ

By खबरहब

June 15, 2024

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरू दुई धारे तरबारका बीचमा चलिरहेको बताएका छन् । 

शनिबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता भए आफ्नो पार्टी जुनसुकै बेला पनि सरकारबाट बाहिर आउन तयार भएको बताए । 

सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकोले आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको पनि बताए । 

उनले भने,  ‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।’