फाइल तस्वीर

समाचार

अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक : उपसभापति वाग्ले

By खबरहब

June 15, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले टोल टोलमा, वडा वडामा संगठन विस्तार गर्नुपर्ने बताएका छन् । 

शनिवार काठमाडौंमा रास्वपा स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पार्टीमा संगठनको आवश्यक महसुस भएको बताए । 

उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने तर इलाम र तनहुँमा देखिएको उपनिर्वाचनको परिणामले गाउँमा पनि रास्वपाका कार्यकर्ता परिचालन गर्नुपर्ने बताए । 

उनले चुनावको मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने भएका कारण पुराना पार्टीले रास्वपा विरुद्ध  अफवाहहरू फैलाएको दाबी गरे । 

उनले भने, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । हामीलाई कार्यकर्ता नै चाहिँदैन, हामी मासबेस्ड पार्टी हो भन्ने एउटा विचारधारा नभएको पनि होइन । तर अहिले यी दुई एक्स्ट्रिमका बीच हामीले मिडल पार्ट बनाउनु पर्ने अवस्था देखिरहेको छु। संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौंमा अलि सजिलो होला । तर अन्य जिल्लाहरूमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरू फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा–वडामा साथीहरू नै भएनन् । मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नपर्छ ।’