समाचार

रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने 

By खबरहब

June 15, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले  सरकारमा गएको सय दिनमा नराम्रो काम एउटा पनि नराम्रो काम नगरेको बताएका छन् । 

एवम् उपप्रधान तथा गृहमन्त्री समेत रहेका  लामिछानेले शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आम नागरिकहरूको ठुलो आशा रास्वपामा भएको दाबी गरे । 

उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, कि मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्न सक्छु, तपाईँको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेको छैन ।’ 

उनले रास्वपा देशमा केही गर्न आएकाले जनता निराश नहुन समेत अनुरोध गरे ।