राजनीति

शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालेनलाई तह लगाउन नेताहरूले छलफल गरे

By खबरहब

June 15, 2024

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको कुरा उठाएपछि तीन वटै नेता बालुवाटारमा बैठक बसेको दाबी गरेका छन् ।

उनले एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेता बसेर बालेनलाई कसरी तह लगाउने भनेर छलफल गरेको दाबी गरेका हुन् ।

जनकपुरमा आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार बढेको बढ्यै छ । कहीँ कतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँ कतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकालिदिनुभयो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभयो, बालेनलाई कसरी तह लगाउने भनेर ।’

बालेनले एमाले अध्यक्ष ओलीले गिरीबन्धुमा अनियमितता गरेको स्टाटस लेखेका थिए ।

त्यसपछि एमाले र बालेन शाहबीच आन्तरिक द्धन्द चर्किएको छ ।