फाइल तस्वीर

समाचार

प्रचण्ड सरकारको उपलब्धि १०० दिन टिक्नु हो : राजेन्द्र लिङदेन

By खबरहब

June 15, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै सय  दिन टिक्नु भएको दाबी गरेका छन् । 

पार्टीको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले जनताको जीवनस्तर जहाँको त्यहीँ भएको दाबी गरे ।

उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै सय दिन टिक्नु हो । सरकार भ्रष्टाचारीको रक्षाकवच बनेको छ ।’ 

उनले अगाडि भने, ‘ज्ञानेन्द्र शाही पार्टीमा जोडिएपछि मैले उहाँलाई जुम्लामा चुनाव लड्नुपर्छ भनेँ । उहाँले स्विकार्नुभयो । उहाँको व्यक्तित्व र हाम्रो विश्लेषणले काम गर्‍यो । सहकार्यको विषयमा कुरा गर्दा हामीले केपी ओलीसँग कुरा गर्‍यौँ । कांग्रेस र माओवादी गठबन्धनको ३६ हजार मत छ । हाम्रो ५०० मात्रै छ । तपाईँहरूको १२ हजार मात्रै छ । एमालेले जित्दैन, दुइटा प्रदेश लिएर सहयोग गरिदिनुस् भन्दा उहाँले कडा खिस्याएर ५०० लाई केको लागि सहयोग गर्ने भन्नुभयो । मान्नुभएन । तर, परिणाम आयो ।’

उनले ओलीलाई आफूले जुम्लामा  सहयोग गर्नुभन्दा खिस्याएको सम्झना समेत गरे ।