भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

अन्तर्राष्ट्रिय

भारतीय जनता शान्ति र सुरक्षाको पक्षमा छन् : मोदी

By खबरहब

June 15, 2024

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशीलताको पक्षमा रहेको जनाएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले भारतीय जनता शान्ति, सुरक्षा र प्रगतिशीलताको पक्षमा रहेको जनाएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई सम्बोधन गर्दै मोदीले गरेको पोस्टमा आफ्ना जनताको सुरक्षा र हित आफूहरूको प्राथमिकतामा रहनुपर्ने उल्लेख गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार त्यसअघि प्रधानमन्त्री शरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकोमा मोदीलाई बधाई दिएका थिए ।

बधाई सन्देशमा शरिफले दक्षिण एसियाका दुई अर्ब जनताको भाग्य निर्धारण गर्न घृणालाई आशामा बदल्न आवश्यक रहेको उल्लेख गरेका थिए । जवाफमा प्रधानमन्त्री मोदीले शरिफलाई धन्यवाद दिँदै भारतीय जनता सदैव शान्ति र सुरक्षाको पक्षमा रहेको बताएका हुन् ।