खेलकुद

टिकट नगरेका दर्शकको भीड लागेपछि कोपा अमेरिका फाइनलको समय सर्यो

By खबरहब

July 15, 2024

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनल आधा घण्टा सारिएको छ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेल आधा घण्टा सारिएको हो।

यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५:४५ मा हुने तालिका थियो। अब उपाधि भिडन्त ६:१५ हुने गरी सारिएको हो। कोपाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्।

अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो ।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई फुटबल पण्डितले एउटा रोचक संयोगका रुपमा व्याख्या गर्दै आएका छन् ।