टिकट नभएका दर्शक हटाउँदै सुरक्षकर्मी। तस्बिरः कोपा अमेरिका फुटबल

खेलकुद

टिकट नभएका दर्शक हटाउन कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो

By खबरहब

July 15, 2024

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट पछाडि सारिएको छ। यसअघि आधा घण्टा सारिएको थियो।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय दुई पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो।

यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५ः४५ मा हुने तालिका थियो। कोपाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्।

अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई धेरै फुटबल प्रेमीले रोचक संयोगका रुपमा व्याख्या गर्दै आएका छन्।