खेलकुद

कोपा अमेरिका फाइनल : तेस्रो पटक समय सर्यो

By खबरहब

July 15, 2024

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनलको समय पटकपटक परिवर्तन गरिएको छ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय तीन पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो।

यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५:४५ मा हुने तालिका थियो। कोपाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्। पहिलो पटक आधा घण्टा, दोस्रो पटक १५ मिनेट र तेस्रो पटक २० मिनेट समय सारिएको हो।

कोपा अमेरिकाको फाइनलमा भेट हुन लागेको अर्जेन्टिना साविक विजेता हो। कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।

यो पनि पढ्नुहोस्

दर्शकको भीड लागेपछि कोपा अमेरिका फाइनलको समय सर्यो कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो