राजनीति

शीतल निवास पुग्यो २१ मन्त्रीको सूची, कुन दलबाट को ?

By खबरहब

July 15, 2024

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेका मन्त्रीहरूको सूची करिब टुंगो लागेको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका हुन् ।

गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्। नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिँदैछन् ।

कांग्रेसबाट को को ?

प्रकाशमान सिंह- सहरी विकास रमेश लेखक- गृह आरजु राणा- परराष्ट्र तेजुलाल चौधरी- युवा तथा खेलकुद अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला दीपक खड्का- ऊर्जा ऐनबहादुर शाही- वन तथा वातावरण प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट को को ?

विष्णु पौडेल- अर्थ पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति मानवीर राई- रक्षा

जसपा

प्रदीप यादव- खानेपानी नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा