राजनीति

ओलीले शपथ लिइनसक्दै मोदीले दिए बधाई

By खबरहब

July 15, 2024

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोह चलिरहेका बेला मोदीले सामाजिक सञ्जाल एक्सबाट ओलीलाई बधाई दिएका हुन् ।

मोदीले दुई देशबीचको मित्रतालाई थप बलियो बनाउन नजिकबाट काम गर्न आफू तयार रहेको बताएका छन्। ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वास उनले व्यक्त गरेका छन्।

‘नेपालको प्रधानमन्त्रीको रुपमा तपाईंको नियुक्तिका लागि हार्दिक बधाई’, मोदीले भनेका छन्, ‘हाम्रा दुई देशबीचको मित्रताको गहिराईलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न हामी नजिकबाट काम गर्न तत्पर छौँ।’

मोदीले बधाई दिएको आधा घण्टापछि मात्रै शीतल निवासमा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Congratulations @kpsharmaoli on your appointment as the Prime Minister of Nepal. Look forward to working closely to further strengthen the deep bonds of friendship between our two countries and to further expand our mutually beneficial cooperation for the progress and prosperity…

— Narendra Modi (@narendramodi) July 15, 2024