ब्रेकिङ स्टोरी

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

By चेतराज कँडेल

July 15, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका छन् । उनले तेस्रो पटक देशको कार्यकारी पदको कुर्सी सम्हालेका हुन् ।

सोमबार राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै सहिदहरूलाई श्रद्धाञ्जली दिइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्यहाँ कर्मचारीहरूले स्वागत गरे । पदभार ग्रहणअघि ओली लैनचौरस्थित सहिद स्मारक पुगे । उनले सहिदहरूको शालिकमा माल्यार्पण गरे । त्यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै उनी असार २८ गते पदमुक्त भएका थिए । प्रचण्ड पदमुक्त भएसँगै कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भए ।