आर्थिक

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

August 15, 2024

काठमाडौं – आज २०८१ साल साउन ३१ गते बिहीबार सन् २०२४ अगष्ट १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्डको विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ १२ पैसा र बिक्री दर १७२ रुपैयाँ ८९ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?