खेलकुद

युरोपियन सुपर कपको उपाधि रियल मड्रिडलार्ई, एम्बाप्पेको डेब्यु गोल

By खबरहब

August 15, 2024

काठमाडौं– युरोपियन सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति पोल्याण्डमा भएको खेलमा एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियालका लागि भिनिसियस फेडेरिको भाल्भर्डे र केलियन एम्बाप्पेले एक–एक गोल गरेका थिए । एम्बाप्पे रियलमा आएपछि उनको यो डेब्यु गोल हो । उनी पेरिस सेन्ड जर्मेन (पिएसजी)बाट रियलमा आएका हुन् ।

खेलको ५९औँ मिनेटमा रियलका लागि भाल्भर्डेले सुरुवाती गोल गरेका थिए । यस्तै, ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० गोलले जिताएका हुन् ।

योसँगै युरोपियन सुपर कपमा रियाल मड्रिडको कीर्तिमानी छैटौँ उपाधि भएको छ ।

रियाल मड्रिडले गत सिजनमा च्याम्पियन्स लिग र ला लिगाको उपाधि समेत जितेको थियो ।