ब्रेकिङ स्टोरी

शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी

By खबरहब

August 15, 2024

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए ।

उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको बताउँदै उम्मेदवारीलाई अन्यथा लिन नहुने जिकिर गरे ।

कोइरालाले मुलुकलाई स्थायित्व दिन ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए। कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे। कोशी प्रदेश सरकारका बिषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको जानकारी कोइरालाले दिएका छन् ।