आर्थिक

अर्थसंक्षेप : ५० अंकले घट्यो नेप्से, यो दशैंलाई छैन नयाँ नोट

By खबरहब

September 15, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन निर्देशन दिएको छ । तोकिएको समय नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा जोड दिए ।

उनले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रूपमा हुने भए पनि धेरै लगानी गरेर लामो समय खाली हुने ‘अपार्टमेन्ट’हरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गरे ।

यो दशैंलाई छैन नयाँ नोट, क्यूआरले काम चलाउने कि ?

नेपाल राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट वितरण नगर्ने जानकारी दिइसकेको छ । दशैैंमा नयाँ नोट वितरण नहुने भएकाले सुकिला नोटले काम चलाउन आग्रह नै गरेको छ ।

बहुसांस्कृतिक देश भएपनि धेरै नेपालीहरूले मनाउने दशैंलाई राज्यले विशेष महत्व दिँदै आएको छ । जसकारण राष्ट्र बैंकले पनि दशैंलाई मध्यनजर गर्दै नयाँ नोट छाप्ने र वितरण गर्ने गरेको थियो ।

तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा वि।सं। २००२ मा नेपालमा पहिलो बैंक नोट जारी भएको थियो । नोट प्रयोग शुरु भएको ७९ वर्षदेखि मुख्यतः विजयादशमीका दिन टिकाटालोमा दक्षिणास्वरुपः कट्कटिएका नयाँ नोट दिने चलन छँदैछ ।

नेप्सेमा सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले वार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को धितोपत्र शुल्क बुझाउनु बाँकी कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो । तोकिएको समय नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार ५० करोडसम्मको चुक्ता पुँजी भएको कम्पनीले ५० हजार रुपैयाँ तोकेको छ भने ५० करोड भन्दा बढी चुक्ता पुँजी भएका कम्पले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी

साताको पहिलो शेयर बजार ५० अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ५०।७३ अंकले घटेर २६३७।७९ विन्दुमा पुगेको छ । नेप्से १।८८ प्रतिशतले घट्दा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रि-ओपन सेसनमा करिब १० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयदेखि नै उकालो लागेको थियो । १ बजेट ४४ मिनेटसम्म बढेको बजार त्यसपछि भने विक्रीकर्ता हाबी भएर बजार घट्यो ।

बजार घट्न सुरु भएपछि पनि २ पटक बजार माथि उठ्न खोजेको भएपनि बिक्रीकर्ता हाबी भएका कारण बजार माथि जान सकेन र बजार बन्द हुँदा ५० अंकको गिरावट आयो ।

आज ३२४ कम्पनीको शेयर कारोबार हुँदा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

‘निर्यातमुखी कृषिका लागि ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरौँ’

राष्ट्रिय सभाका सदस्य डाक्टर अञ्‍जान शाक्यले कृषि क्षेत्र र कृषकको स्तरोन्नति नभएसम्म देशको विकास सम्भव नहुने बताएकी छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

सम्बोधनका क्रममा आफू नेपालका तर्फबाट इजरायलको राजदूत हुँदा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गराउँदै त्यसलाई कार्यान्वयनमा लैजाने हो भने त्यसले पनि कृषि क्षेत्र र कृषकको स्तरोन्नतिमा टेवा पुग्ने स्मरण गराइन् ।

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए । उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताए ।

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो।

रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल ९टान० का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन्। संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा महासचिव, ज्ञानमणि न्यौपाने सचिव र तेजबहादुर खड्का कोषाध्यक्ष चयन भएका छन्।

चक्लाबन्दीपछि बाँझो जग्गा हराभरा

बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ। चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन थालेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन गरिएको चक्लाबान्दी कार्यक्रम प्रभावकारी बनेको छ।

तरकारीखेती बाहेक ओखर, कागती, सुन्तला, स्याउ र किबीखेती अधिकांश बाँझो जग्गा सदुपयोग गरी चक्लाबान्दी कार्यक्रमअन्तर्गत विस्तार गरिएको छ।

बागलुङमा बाँझो जग्गाको उपगोगिता बढाउन ल्याइएको चक्लाबान्दी कार्यक्रम सफल भएको छ। चक्लाबन्दी कार्यक्रमअन्तर्गत चार वर्षयता सुन्तला एक सय ४० रोपनी, ओखर चार सय ४०, तरकारी चार सय, कागती दुई सय ५०, स्याउ पाँच सय ४० र किबी ८० रोपनी क्षेत्रफलमा विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए।