समाचार

दशैँ बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

By खबरहब

October 15, 2024

काठमाडौं– बडादशैँ अन्तर्गतको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि संघीय राजधानी काठमाडौंको चहलपहल र सवारी आवागमन निकै बढेको छ ।

यस वर्षको दशैँमा झण्डै १३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका थिए ।