फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

October 15, 2024

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ ।

दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।