अन्तर्राष्ट्रिय

रूसमाथि युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

By खबरहब

October 15, 2024

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रूसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा इरान माथि युरोपेली सङ्घ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गरेका छन् ।  

इरान माथि लगाएको प्रतिबन्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानूनी सिद्धान्त र मानव अधिकारको विपरित रहेको आसय व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा बाघाईले प्रतिबन्ध आधारहीन रहेको उल्लेख गरेका छन् ।  

आरोप र प्रतिबन्ध आधारहीन रहेको बताउँदै बाघाईले द्वन्द्व सुरु भएदेखि नै इरानले युद्ध र द्वन्द्वको विरोध गर्दै रूस र युक्रेनबीचको मतभेदको कूटनीतिक समाधानका लागि आह्वान गर्दै आएको बताए । 

गाजा र लेबनानमा भएको नरसंहारमा इजरायललाई हतियार उपलब्ध गराउन बेलायत र जर्मनी लगायत केही युरोपेली देशहरूको संलग्नतालाई औंल्याउदै उनले  ती देशहरू प्यालेस्टिनी र लेबनानी जनता विरुद्ध इजरायलले गरेको “अपराध“ मा सहयोगी रहेको बताएका छन् ।