समाचार

बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन

By खबरहब

October 15, 2024

काठमाडौं– बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको छ ।  

बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि ठाँउठाँउमा अवरुद्ध भएको सडकमा यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको हो ।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।