समाचार

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

By खबरहब

October 15, 2024

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसहित ७ जना पक्राउ परेका छन् । 

उनलाई बाटोमा हिँड्दा हिँड्दै बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । मंगलबार साँझ ६ बजे प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगेको थियो । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए । 

प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेको उनले बताएका छन् ।

अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

बालुवाटारको सडकमा बसेर चार जना महिलाले कुर्मीको न्यायका लागि नाराबाजी गरिरहेका थिए ।