जीवनशैली

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

By खबरहब

November 15, 2024

काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी छुन मन लाग्दैन, पानी चिसो भइदिनाले सबैभन्दा गाह्रो नुहाउन र लुगा धुन हुन्छ । यहीकारण मानिसहरूले जाडोयाममा चिसो पानी कम प्रयोग गर्छन् । तातो पानी प्रयोग गर्ने क्रम बढ्छ ।  भाँडा सफा गर्ने र लुगा धुने जस्ता दैनिक कामका लागि तातो पानी अनिवार्य जस्तो भएको छ ।

जाडो मौसममा लामो समयसम्म चिसो पानीमा हात राख्न गाह्रो हुन्छ । कपडा धुन यो चिसोमा धेरैलाई झर्को र अल्छी लाग्छ ।  तर, कपडा सफा र कीटाणुरहित गर्ने सबैभन्दा राम्रो उपाय तातो पानी मानिन्छ । तर के तपाईंलाई थाहा छ हरेक कपडा तातो पानीमा धुनु हुँदैन,  आज हामी यही विषयमा चर्चा गर्छौँ ।

रेशम र ऊन लुगा

रेशम र ऊन प्राकृतिक फाइबरहरू हुन्, जुन तातोपानीको सम्पर्कमा आउँदा संकुचन वा माडिन सक्छ। तातोपानीले रेशमको चमक गुमाउन सक्छ, जबकि लुगाकाो आकार पनि बिग्रिन सक्छ। यद्यपि मनतातो पानी प्रयोग गर्न सकिन्छ ।

लोचदार वा स्प्यान्डेक्स कपडा

इलास्टिक वा स्प्यान्डेक्स भएको कपडाका लागि तातो पानी पनि राम्रो होइन। वास्तवमा, तातोपानीले लोचदार फाइबरहरू भाँच्दछ जसको कारण लेगिङ्ग्स, स्पोर्ट्स ब्रा र स्विमसूट जस्ता कपडाहरूको आकार परिवर्तन हुन्छ। चिसोपानीले लोच कायम राख्न मद्दत गर्छ जसले गर्दा लामो समयसम्म साइजमा कुनै फरक हुँदैन।

डेनिम जिन्स-ज्याकेट र गाढा लुगा

डेनिम जस्ता टिकाउ कपडाको चमक कायम राख्न चिसो पानीमा मात्र धुनुपर्छ । तातो पानीले तिनीहरूको कपडा फ्याट हुनका साथै सङ्कुचित हुन सक्छ। यसबाहेक चम्किलो रङ भएका कपडाहरू पनि तातोपानीमा फिक्का हुन्छन् । उच्च तापक्रमका कारण तिनीहरूको रङ खुइलिन थाल्छ।

भित्री लुगा जस्तै नरम 

भित्री लुगा हल्का कपडाले बनेको हुन्छ ताकि हावा शरीरमा जान सकोस् । अन्डरवियर, पेन्टी वा ब्रा तातो पानीले धोएमा छिट्टै बिग्रन सक्छन् । वास्तवमा, धेरै तातोपानी अन्डरवियरलाई हानिकारक हुन सक्छ, त्यसैले तातो पानीको सट्टा नर्मल पानी प्रयोग गर्नुहोस्।

-नवभारत टाइम्सबाट