समाचार

होटल संघले आज ‘नेपाल सत्कार दिवस’ मनाउने

By खबरहब

January 16, 2024

काठमाडौँ– होटल सङ्घ नेपाल (हान)ले आज ‘नेपाल सत्कार दिवस’ मनाउँदै छ । सङ्घले एक विज्ञप्ति जारी गरी सङ्घ स्थापना दिवसका अवसरमा पहिलो पटक काठमाडौँमा सत्कार दिवस मनाउन लागेको जनाएको छ ।

संघले दिवसको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ ।

५८ वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई–लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।

यस्तै, सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।