प्रतीकात्मक तस्वीर ।

अपराध

भाँडा पसलबाट दुई लाख बराबरको धनमाल चोरी

By खबरहब

January 16, 2024

काठमाडौं–  भाँडा पसलबाट दुई लाख बराबरको धनमाल चोरी भएको छ ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट विभिन्न भाँडावर्तनहरू गरी करिब २ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।